रुसको एक आवासीय भवनमा आगलागी, ११ जनाको मृत्यु

डिसी नेपाल
८ माघ २०७६ ६:३७

मस्को । रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन्।

स्थानीय समयानुसार मङ्गलबार बिहान ७ बजे भएको यस घटनाका पीडित एघार व्यक्तिको शव निकालिएको आपतकालीन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

काठले बनेको यस भवन मङ्गलबार आगलागी भएको र अन्य दुई जना भाग्न सफल भएका थिए।

आगलागीको कारण आपराधिक हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरेहको आपतकालीन मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *