राष्ट्रिय क्रिकेट टिमका खेलाडीको तलब बढाउने क्यानको तयारी

काठमाडौँ । नेपाली क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरुको तलब बढाउने भएको छ ।
क्यानले अमेरिका र ओमानसँगको सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको श्रेणी बनाएर तलब बढाउने तयारी गरेको हो ।
यसअघिका क्यान बैठकमा पनि खेलाडीको श्रेणी बनाएर तलब बढाउने विषयमा सामान्य छलफल भएपनि आगामी बैठकमा के कति वृद्धि गर्ने भन्ने विषयमा छलफल गरी टुँगो लगाईने क्यानले जनाएको छ ।
प्रतिक्रिया
Facebook Comment