जापानी बक्सरलाई ढालेर भिजिट नेपालको प्रचार, अविरलले जिते ठूलो उपाधि
टोकियो, जापान । हिट ४६ किक बक्सि¨ खेलमा नेपाली किक बक्सि¨का खेलाडी अविरल घिमिरेले जापानी बक्सरलाई हराउंदै टाइटल उपाधि जित्न सफल भएका छन् । जनवरी २० आइतवार जापानको टोकियमा भएको भीडन्तमा जापानी च्याम्पियनलाई पहिलो राउण्डमै ढालेर घिमिरेले उपाधि जितेका हुन् ।
सयौं दर्शकहरुले भरिएको हलमा सम्पन्न भएको सो खेलमा हिमालयन चितुवाका नामले परिचित २१ बर्षीय घिमिरेको विजयले जापानवासी नेपालीहरु उत्साहित भएका छन् । यो उपाधि उनले हालसम्म जितेका मध्ये सबैभन्दा ठूलो उपाधि हो।
जापानको नागोयामा बसोबास गर्ने घिमिरे जापानमा व्यवसायिकरुपमा नेपालीको प्रतिनिधित्व गर्दै खेल्ने खेलाडी हुन् उनले पहिलो राउण्डको सोझो सेटमै जापानकै च्याम्पियन बनिसकेका बक्सरलाई मैदानमा ढाल्न सफल भएका थिए । खेलमा विजय प्राप्त गरेपछि रि¨मै नेपाली झण्डा फहराएर भिजिट नेपालको प्रचार गरेका थिए ।
‘तपाईहरुलाई सबैलाई म नेपाल भ्रमण गर्न निमन्त्रणा गर्दछु’—भन्दै उनले जापानी भाषबाट उपस्थित दर्शकहरुलाई नेपाल भ्रमणको निम्तो दिए।
उनले आफ्नो विजयको श्रेय आफ्ना पिता तथा प्रशिक्षक देव घिमिरेर अर्का जापनी प्रशिक्षकलाई दिएका छन् । उनका पिताले पनि अविरलको खेल हेर्न आएर हौसला बढाइ दिएको भन्दै उपस्थित सबैमा धन्यवाद ज्ञापन गरेका छन् ।
Facebook Comment