माघ १८ देखि काठमाडौँ-राजविराज उडान भर्दै बुद्ध एयर

काठमाडौँ । बुद्ध एयरले यहि माघ १८ गतेदेखि प्रदेश २ को राजविराजमा पनि उडान भर्ने भएको छ।
काठमाडौँबाट हुने राजविराजसम्मको दैनिक उडानले पर्यटन पर्वद्धनका साथै भिजिट नेपाल २०२० लाई पनि टेवा पुग्ने बुध्द एयरको विश्वास छ ।
प्रत्येक दिन काठमाडौंबाट ११ः२५ र राजविराजबाट १२ः२० बजे उडान भर्ने छन् भने उडान अवधि झण्डै ३५ मिनेटको हुनेछ।
राजविराज धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण शहर हो ।
यहाँबाट छिन्नमस्ता, बराहक्षेत्र, कोशीटप्पु, सलहेश गहवरका साथै अन्य थुप्रै पर्यटकीय गन्तव्यसम्म सजिलै पुग्न सकिन्छ ।
राजविराज उडानले सिमापारीका सहरसा, सुपौल, निर्मली, बीरपुर, राघोपुर, पिपरा, मधेपुरा, प्रतापगञ्ज, झन्झारपुर, सकरी, घोघडीया, लौकहालाई पनि सजिलैसँग जोड्न सकिन्छ । यसबाट दुबै देशका पर्यटकहरुलाई फाईदा पुग्नेछ ।
Facebook Comment