त्रिकोणात्मक सिरिजका लागि ओमानले गर्‍यो टिमको घोषणा

डिसी नेपाल
८ माघ २०७६ १६:२३

काठमाडौं । ओमानले आईसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत र अमेरिकासँगको सिरिजका लागि राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

ओमानले जिशान माक्सुदको कप्तानीमा सिरिज खेल्ने टिमको घोषणा गरेको हो । कीर्तिपुरस्थित टियु मैदानमा हुने सिरिज फेब्रुवरी ५ देखि १२ सम्म चल्नेछ ।

सिरिजका लागि यसअघि अमेरिकाले टिमको घोषणा गरिसकेको छ । नेपालले भने टिमको घोषणा गरेको छैन ।

ओमानी टिमः जिशान माक्सुद (कप्तान), अकिब, जातिन्दर सिंह, खवर अली, सानुथ इब्राहिम, सुरज कुमार, मुहमद नासिम, सन्दीप गौड,मुहमद नादिम, जय ओडेड्रा, बादल सिंह, अहमेद फायज, कालिमुल्लाह र बिलाल खान




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *