उखु किसानलाई पैसा नतिर्ने तीन चिनी मिलको खाता रोक्का

डिसी नेपाल
८ माघ २०७६ १७:००

काठमाडौं। सरकारले उखु किसानहरुको रकम नतिर्ने तीनवटा सुगर मिलको खाता रोक्का गर्ने निर्णय गरेको छ। उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी अन्नपुर्ण, इन्दिरा र लुम्बीनी सुगर मिल्सको खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्रचार गरिएको जानकारी दिएको छ।

मन्त्रालयले अन्नपुर्ण, इन्दिरा र लुम्वीनी सुगर मिल्सको आर्थिक कारोबार अनुसन्धानका लागि आन्तरिक राजस्व विभागमा समेत पत्रचार गर्ने निर्णय गरेको छ।

मन्त्रालय स्रोतका अनुसार लुम्बिनी सुगर मिलका संचालक मनिष अग्रवालको संचालन गरेका थिए। उनको मृत्यु भइसकेको र मिल अव कसले संचालन गर्नेबारे कुनै निर्णय भएको छैन। यसैगरी अन्नपुर्ण र इन्दिरा सुगर मिल राकेश अग्रवालको हो। हालसम्म पनि ती उद्योगहरु मन्त्रालयको सम्पर्कमा आएका छैनन्।

उद्योग मन्त्रालय गत सोमबार गृहमन्त्रालयलाई सम्पर्कमा नआएका सुगर मिलका सन्चालकलाई सम्पर्कमा ल्याउनका लागि आग्रह गर्दै पत्र समेत पठाई सकेको छ।
माघ ७ गतेसम्ममा उखु किसानलाईसम्पूर्ण बक्यौता रकम बुझाउने सहमति गरे पनि किसानले सबै रकम पाउन सकेका छैनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *