वायर्नले भित्र्यायो रियलका अल्भारोलाई

एजेन्सी । जर्मन च्याम्पियन्स वायर्न म्युनिखले स्पेनिस डिफेन्डर अल्भारो ओड्रियोजोलालाई अनुबन्ध गरेको छ ।
वायर्नले डिफेन्डर अल्भारोलाई स्पेनिस क्लब रियल मड्रिडबाट लोनमा अनुबन्ध गरेको हो । २४ वर्षे डिफेन्डर अल्भारोलाई वायर्नले सिजनको अन्तिम सम्मको लागि अनुबन्ध गरेको हो ।
राइट ब्याक अल्भारोले यस सिजन रियलबाट मात्र ५ खेल खेलेका थिए । अल्भारो सन् २०१८ मा रियल सोसीडाडबाट मड्रिड आएका थिए ।
प्रतिक्रिया
Facebook Comment