जोकोभिक र फेडेरर अष्ट्रेलियन ओपनको तेस्रो चरणमा

एजेन्सी । साविक विजेता नोभाक जोकोभिक अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । मेलबर्नमा बुधबार भएको दोस्रो चरणमा जापानका तात्सुमा इटोलाई हराएर जोकोभिक तेस्रो चरणमा पुगेका हुन् ।
सर्बियन जोकोभिकले वाइल्डकार्ड तात्सुमालाई ६–१, ६–४ र ६–२ को सेटमा पराजित गरे । १७ पटकको ग्राण्डस्लाम विजेता जोकोभिकले तेस्रो चरणमा जापानकै योशिहितो निशिओकासँग खेल्ने छन् ।
यसैगरी स्विस टेनिस स्टार रोजर फेडरर अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । ३८ वर्षे फेडेररले फिलिपलाई ६–१, ६–४ र ६–१ को सेटमा हराउँदै तेस्रो चरणमा प्रवेश गरेका हुन्।अब फेडेररले तेस्रो चरणमा अष्ट्रेलियाका जोन मिल्मानसँग खेल्ने छन् ।
यस्तै छैटौं वरियताका स्टेफानोस पनि अन्तिम ३२ मा पुगेका छन् । दोस्रो चरणमा उनका प्रतिद्वन्द्वी फिलिपे चोटको कारण नखेलेपछि स्टेफानोस तेस्रो चरणमा पुगेका हुन् ।
Facebook Comment