१८ वर्षे अफगानी खेलाडीको सनसनीपूर्ण विश्वरेकर्ड, भोलि यो रेकर्ड अझै विशाल बनाउने अवसर

काठमाडौं। जारी अण्डर १९ विश्वकपमा अफगानिस्तानका १८ वर्षे खेलाडी शफीकुल्लाह गफारीले युएइविरुद्धको खेलमा ८ ओभरमा मात्रै २३ रन दिएर ५ विकेट लिए । उनी युथ क्रिकेटमा लगातार २ खेलमा ५ वा सोभन्दा धेरै विकेट लिने एकमात्र खेलाडी बन्दै विश्वरेकर्ड बनाएका छन् । यसअघि उनले गत शुक्रबार दक्षिण अफ्रिकाविरुद्ध ९.१ ओभरमा मात्रै १५ रन दिएर ६ विकेट लिएका थिए । अफगानिस्तानले हिजो युएइलाई १६० रनले पराजित गर्यो ।
Shafiqullah Ghafari at the 2020 Under 19 World Cup:
– 103 balls bowled
– 11 wickets
– 2 x 5 wicket hauls
– 3.45 bowling average
– 9.3 strike rateWow ?#U19CWC | #FutureStars pic.twitter.com/3tWkqRgdzC
— ICC U19 WORLD CUP ?? (@U19WORLDCUP2020) January 23, 2020
यो अफगानिस्तानको जारी विश्वकपमा लगातार दोस्रो जीत हो । यो जीतसँगै अफगानिस्तानले क्वाटर फाइनलमा स्थान बनाइसकेको छ । अफगानिस्तानले हिजो ओपनर इब्राहिम जादरानको ८७ र रहमनुल्लाहको ७८ रनको इनिङको सहयोगमा निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २६५ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको युएइले ३२.४ ओभरमा मात्रै १०५ रन बनाउँदै अलआउट भयो ।
गफारीसँग आफ्नो यो विश्वरेकर्डलाई अझै विशाल बनाउने अवसर छ । भोलिको यो अवसरलाई सदुपयोग गर्न सकेमा गफारीको यो रेकर्ड झनै विशाल बन्नेछ । समूह चरणको अन्तिम खेलमा भोलि अफगानिस्तानले क्यानडासँग खेल्दैछ । क्यानडा तुलनात्मक रुपमा कमजोर टिम हो । अफगानिस्तानले यसअघि हराएका दुवै टिम दक्षिण अफ्रिका र युएइले क्यानडालाई विशाल अन्तरले हराइसकेकोले यो खेलमा गफारीको रेकर्ड अझै विशाल बन्ने अपेक्षा गरिएको छ । जारी विश्वकपमा युएइले क्यानडालाई ३८.४ ओभरमै ८ विकेटले हाराइसकेको छ भने दक्षिण अफ्रिकाले १५० रनले हराएको छ ।
Facebook Comment