निर्भयाका दोषीहरुसँग अन्तिम इच्छा सोधियो

डिसी नेपाल
९ माघ २०७६ १३:४१

नयाँ दिल्ली। निर्भया केसका ४ जना दोषीहरुलई फाँसी दिने तयारी सुरु भएको छ । तिहाड जेल प्रशासनले दोषीहरुलाई नोटिस जारी गर्दै उनीहरुको अन्तिम इच्छाको बारेमा सोधेको छ । जेल प्रशासनले उनीहरुसँग केही प्रश्न पनि सोधेको छ । जेल म्यानुअलका अनुसार मृत्युदण्ड पाएका कैदीहरुसँग फाँसीभन्दा पहिले अन्तिम इच्छा सोधिन्छ र उनीहरुको अन्तिम इच्छा पूरा गराइन्छ ।

निर्भयाका दोषीहरुलाई जेल प्रशासनले १ फेब्रुअरीमा तय उनीहरुको फाँसीभन्दा पहिले कसैसँग भेट्न चाहन्छन् ? उनीहरुको नाममा कुनै भौतिक सम्पत्ति वा बैंक खातामा कुनै रकम जम्म भए त्यो रकम कसको नाममा नामसारी गर्न चाहन्छन् ? कसैलाई आफ्नो नोमिनी बनाउन वा कसैलाई उत्तराधिकारी बनाउन चाहन्छन् ? आफ्नो सम्पत्तिका हकदारबारे कुनै कागज गर्न चाहन्छन् ? कुनै धार्मिक वा मन पर्ने किताब पढ्न चाहन्छन् ? भन्ने प्रश्न सोधेको छ । यी इच्छाहरुमध्ये कुनै पनि इच्छा उनीहरुले चाहेमा पूरा गरिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *