बंगलादेशी भनेर भारतले आफ्नै नागरिकका सयभन्दा धेरै घरमा डोजर चलायो

डिसी नेपाल
९ माघ २०७६ १४:००

बैंगलुरु। कर्नाटकको राजधानी बैंगलुरुमा पुलिसले म्युनिसिपल कर्पोरेशनसँग मिलेर एउटा बस्तीमाथि नै डोजर चलायो । पुलिस र प्रशासनले यो बस्ती अवैध बंगलादेशीको भएको ठानेको थियो तर यी सबै भारतीय नागरिक भएको खुलेको छ । बैंगलुरुको करियामन्ना अग्रहारामा रहेको यो बस्तीमा सयभन्दा धेरै घर थिए । करिब ३०० जना यो बस्तीमा बस्थे । अब ती सबै घरबारविहीन भएका छन् ।

भाजपा विधायक अरविन्द लिंबावल्लीले एउटा भिडियो ट्वीट गरेपछि यो बस्तीमा डोजर चलाइएको थियो जुन भिडियोमा यो बस्तीमा बस्नेहरु अवैध बंगलादेशी भएको बताइएको थियो । पछि जाँच गर्दा यो बस्तीका मानिसहरु असम, त्रिपुरा र उत्तरी कर्नाटकका भएको पाइएको छ । यी सबैसँग भारतीय आधार कार्ड, प्यान कार्ड र मतदाता परिचय पत्र भेटिएको छ । यी सबैसँग भारतीय नागरिकताको प्रमाण छ ।

पीडितहरुले उजुरी गरेपछि जाँच गर्दा बस्तीमा डोजर चलाउने आदेश पनि ती व्यक्तिले दिएको भेटियो जोसँग यस्तो आदेश दिने अधिकार नै थिएन । बस्तीम डोजर चलाइएपछि केही आफन्तकहाँ आफ्नो सामान लिएर गए । केहीले भने विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले यो सब गर्ने महानगरका कर्मचारी र पुलिसमाथि कारवाहीको माग गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *