दीपक मनाङ्गे पक्राउ

डिसी नेपाल
९ माघ २०७६ १६:२२

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा गण्डकी प्रदेस सभाका सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई पक्राउ परेका छन्। उनलाई कास्की प्रहरीले बिहीबार पोखराको लेकसाइडबाट पक्राउ गरेको हो।

मनाङ्गेविरुद्ध बिहीबारै जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।

अदालतबाट पक्राउ गर्न अनुमति पाएसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो। मनाङ्गेलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा लिएको जनाइएको छ।

मिलनले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा दुर्व्यवहार गरेको आरोपमा जाहेरी दिएका थिए।

कास्कीमा शुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनका दिन मंगलबार मनाङ्गेले मिलनलाई हातपात गरेका थिए। र आफूले मिलनलाई झापड हानेर ठिक गरेको मनाङ्गेले पत्रकार सम्मेलन गरेर बताएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *