बुद्धिचालको उपाधि हेटौँडाका थापालाई

कास्की । पोखरा महोत्वसका अवसरमा आयोजना गरिएको बुद्धिचाल प्रतियोगिताको उपाधि हेटौँडाका कृष्ण थापाले जितेका छन् । ५.५ अङ्क प्राप्त गर्दै थापाले उपाधिसँगै नगद रु २५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । एसियन एमेच्योर रहनुभएका थापाले २०५६ देखि २०६१ सम्म नेपालको राष्ट्रिय बुद्धिचालमा दोस्रो स्थान हासिल गरेका थिए भने हाल इलामको गजुरमुखी क्लबबाट चेस खेल्दै आएका छन् ।
त्यसैगरी प्रतियोगितामा पाँच अङ्कसहित महेश्वर अधिकारी दोस्रो भए । उनले नगद रु १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे। बुद्धिराज शर्माले ४.५ अङ्कसहित तेस्रो स्थान हासिल गर्दै रु १० हजार पाए । अनील कोइराला चार अङ्कसहित चौथो र विनोद नाल्मी चार अङ्कसहित पाँचौँ भए ।
दशौँ स्थानसम्म पर्न सफल सागर साई, विश्व पराजुली, युवराज भण्डारी, रामबहादुर क्षेत्री, वीरबहादुर परियारले जनही एक हजार नगद जित्न सफल भए । विजेतालाई युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङले पुरस्कार प्रदान गरे । प्रतियोगितामा ३० खेलाडीको सभागिता थियो।
Facebook Comment