टोटेनहमको कठिन जित

एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हट्सपरले संघर्षपूर्ण जित आत्मसाथ गरेको छ । बुधबार राति भएको खेलमा टोटेनहमले रेलिगेशन जोनको पुछारको टिम नर्विच सिटीमाथि २–१ को जित निकालेको हो ।
टोटेनहम मुख्य फरवार्ड ह्यारी केनले चोट बोकेपछि क्लब गोलका लागि संघर्ष गर्दै आएको छ । पछिल्ला तीन लिग खेलमा टोटेनहम गोल गर्न सफल समेत थियो ।
डेली अलीले ३८ औ मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । टिमु पुक्कीले ७० औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल फर्काए । ७९ औ मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई महत्वपूर्ण जित दिलाए ।
टोटेनहम ३४ अंक सहित तालिकाको छैटौ स्थानमा उक्लियो । उसले पाँचौ स्थानको म्यान युनाईटेडसंग अंक बराबरी गर्यो । नर्विच १७ अंक सहित तालिकाको पुछारमा यथावत छ ।
Facebook Comment