राष्ट्रिय सभामा नेकपाले जित्यो दुई सिट

डिसी नेपाल
९ माघ २०७६ १७:२८

काठमाडौं। नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्। बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा उनी अन्य समूहबाट गण्डकी प्रदेशबाट उम्मेदवार थिए।

उनी ३ हजार ४ सय ६२ मत प्राप्त गरेर विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी काँग्रेसका सुर्यप्रसाद रेग्मीले २ हजार २ सय ४४ मत प्राप्त गरेका छन्।
राष्ट्रिय सभाको प्रदेश २ को महिलातर्फ नेकपाकी तुलसा दाहाल विजयी भएकी छन्।

नेकपा–राजपाकी संयुक्त उमेदवार तुलसाले बिहीबार भएको मतदानमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी नागिना यादवलाई पराजित गरेकी हुन्।

तुलसाले स्थानीयतर्फ स्‍थानीय तहतर्फ १४० मत ल्याएकी छन् भने प्रदेशतर्फ ५६ मत ल्याएकी छन्। उनको कुल मतभार ५२०८ प्राप्त गरेकी छन्।

त्यसैगरी कांग्रस उमेदवार नागिनाले स्थानीयतर्फ १३० ल्याएकी छन् भने प्रदेशतर्फ ५० मत ल्याइन्। उनले कुल मतभार ४७४० प्राप्त गरेकी छन्।

चार पदका लागि भएको मतदानमा नेकपा–राजपाले संयुक्त उमेदवार बनाएका थिए। कांग्रेसले समाजवादी दलसँग गठबन्धन गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *