ए डिभिजन लिगः जावलाखेलको जित

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार १० खेलाडीमा सिमित जावलाखेलले विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले हराएको हो ।
जावलाखेललाई जित दिलाउन विदेशी खेलाडी फोडे फोफानाले निर्णायक गोल गरे । फोफानाले खेलको ७१ औं मिनेटमा गोल गरेका हुन् ।
त्यसअघि खेलको ५७ औं मिनेटमा जावलाखेल १० खेलाडीमा समेटिएको थियो । गोलकिपर टेकेन्द्र थापाले रातो कार्ड पाएपछि जावलाखेलले १० खेलाडीमा रहेर खेलेको थियो । खेलमा जावलाखेलका फोडे म्यान अफ दि म्याच चुनिए ।
एपीएफमाथिको जितसँगै जावलाखेल लिगको पाँचौं स्थानमा उक्लिएको छ । जावलाखेलले ८ खेलमा १२ अंक जोडेको छ । पराजित एपीएफ ८ खेलमा ५ अंक जोडेर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।
Facebook Comment