दुई आयोगका पदाधिकारीद्वारा सपथ ग्रहण

डिसी नेपाल
९ माघ २०७६ १८:५६

काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीले बिहीबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

सर्वोच्च अदालतमा आयोजित समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सत्य निरुपण आयोगका नवनियुक्त अध्यक्ष डा.गणेशदत्त भट्ट र बेपत्ता आयोगका नवनियुक्त अध्यक्ष युवराज सुवेदीलाई पद तथा गोपनीयताको सपथ गराएका छन् ।

सोही अवसरमा प्रधानन्यायाधीशको उपस्थितिमा सत्य निरुपण आयोगका अध्यक्ष डा. भट्टले नव नियुक्त सदस्यहरु प्रचण्डमान प्रधान, डा. गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेल तथा बेपत्ता आयोगका अध्यक्ष सुवेदीले नवनियुक्त सदस्यहरु विश्वप्रकाश भण्डारी, गङ्गाधर अधिकारी, सुनिल रञ्जना सिंह र सरिता थापालाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले गत शनिबार नाम सिफारिस गरेपछि उनीहरुलाई सरकारले नियुक्त गरेको हो । पदाधिकारीको नियुक्तसँगै गत चैतदेखि रिक्त रहेको दुवै आयोगले पूर्णता पाएका छन् ।

यसैगरी, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालसँग दुवै आयोगका नवनियुक्त पदाधिकारीले आज भेट गरेका छन ।

भेटमा मन्त्री ढकालले दुवै आयोगले ऐनद्वारा निर्धारित आफ्नो काम समयमा सफलतापूर्वक सम्पन्न गरी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन पदाधिकारीलाई आग्रह गरे । उनले आयोगका काम कारवाहीमा सरकार तर्फबाट पूर्ण रुपमा सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *