इमरान खानले फेरि भाजापलाई हिटलरको नाजीसँग तुलना गरे
![इमरान खानले फेरि भाजापलाई हिटलरको नाजीसँग तुलना गरे](https://www.dcnepal.com/wp-content/uploads/2019/08/IMRANKHAN-1.jpg)
डाभोस (एजेन्सी) । भारतले जम्मू कश्मीरको विशेष दर्जा खारेज गरिदिएपछि भारप्रति आक्रामक बन्दै आएका पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)लाई जर्मन शासक हिटलरको नाजी पार्टीसँग गरेका छन्।
इमरानले यसअघि पनि भारतीय जना पार्टी र उसको मातृ संस्था स्वयम सेवक संघ (आरएसएस)लाई नाजीसँग तुलना गरेका थिए।
स्वीट्जरल्याण्डको डाभोसमा जारी विश्व आर्थिक मञ्चको बैठकमा भाग लिन डाभोस पुगेका इमरानले फेरि आफ्नो विचार दोहोर्याएका हुन्। बीबीसीसँगको अन्तर्वार्तामा इमरानले १९२५ मा स्थापना भएको आरएसएस नाजीको प्रेरणाबाट अघि बढेको बताएका छन्। उनले भारतमा अतिवादी विचारधाराको सत्ता रहेकोसमेत बताएका छन्।
उनले भारत र पाकिस्तानबीच बढ्दो तनावमा राष्ट्रसंघ र अमेरिका जस्ता शक्तिले हस्तक्षेप गर्नुपर्नेसमेत बताएका छन्। उनले कश्मीरमा विगत ५ महिनादेखि ८० लाख मानिसहरु जेलमा बन्द रहेकोसमेत दावी गरेका छन्। उनले भारतको भाजपा सरकार मुस्लिमहरुको सफायमा अगाडि बढेकोसमेत बताएका छन्।
Facebook Comment