बुल्गेरियाद्वारा तीन रूसीमाथि बिष सेवन गराई हत्या प्रयास गरेको आरोप

डिसी नेपाल
९ माघ २०७६ २२:१४

सोफिया । बुल्गेरियाले बिष सेवन गराई हत्या गर्ने प्रयास गरेको आरोप तीन रूसी नागरिकमाथि लगाएको बिहीबार बुल्गेरियाली अभियोजनकर्ताहरूले जानकारी गराएका छन् ।

उनीहरूमाथि हतियार निर्माता इमिल्यान गेब्रेव, उनका छोरा र कम्पनीका एक व्यवस्थापकलाई सन् २०१५ को अप्रिल २८ र मे ४ तारिखमा ‘अर्गानोफोस्फेट’ नामक विषाक्त तत्व सेवन गराई हत्या गर्ने प्रयास गरेको आरोप लागेको हो,” अभियोजनकर्ताहरूले एक विज्ञप्ति जारी गरी बताएका छन् ।

धेरैको जीवनलाई जोखिम गरेको अति बिषाक्त तत्वको प्रयोग गरी उनीहरूलाई हत्या गर्ने प्रयास गरिएको भएपनि समयमै उपचार हुँदा उनीहरूको जीवन बचेको थियो ।

विज्ञप्तिमा आरोपित तीनै जना रूसी नागरिकको नाम उल्लेख गरिएको छैन । तर उक्त घटना बेलायतको सोल्जबरी आक्रमणका नामले चर्चित रूसी पूर्व गुप्तचर सेर्गेइ स्क्रिपाल र उनकी छोरीमाथिको रासायनिक आक्रमणसँग जोडिएको बताइएको छ ।

सन् २०१९ को फेब्रुअरीमा अनुसन्धानमुलक वेबसाइट बेलिङक्याटले आक्रमणमा तेस्रो व्यक्ति डेनिस भ्यास्चेस्लाभोभिच सेर्गिभ नामका रूसी सैन्य गुप्तचरका उच्च पदस्थ अधिकारी पनि जोडिएको हुनसक्ने उल्लेख गरेको थियो ।

सेर्गिभ नक्कली रूसी राहदानीमा स्क्रिपाल र उनकी छोरी यूलियालाई रासायनिक आक्रमण गरिनुपूर्व (दुइ दिन आगाडि) बेलायत पुगेको बेलिङक्याटले लेखेको थियो । उनी सन् २०१५ को फेत्र्रुअरी र अप्रिलमा बुल्गेरिया पुगेका थिए ।

सेर्गिभको बुल्गेरियाको दोस्रो भ्रमणको अन्तिम दिन गेब्रेभले सोफियामा गरेको स्वागत समारोहमा बेहोस भै लडेका थिए । उक्त बिषको असर गेब्रेभका छोरा र उनका कम्पनीका कार्यक्रम व्यवस्थापकमा पनि देखिएको थियो । तर ती सबै जना केही समयको उपचारपछि निको भई घर फर्किएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *