सरकारलाई हरहालतमा सफल बनाइ छाड्छौँ : प्रवक्ता श्रेष्ठ

डिसी नेपाल
९ माघ २०७६ २२:२६

कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो विजयले वर्तमान सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरेर परिणाममुखी बनाउन मद्दत पुग्ने बताएका छन् । राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि बिहीबार पोखरामा आयोजना गरिएको विजयीसभामा उनले सरकार र सदनको प्रभावकारिता वृद्धि गरी ‘समृृद्ध नेपाल, सुखी नेपाली’को सरकारको आकांक्षालाई सफल तुल्याउन आफ्नो विजयले सघाउने दावी गरे ।

उनले भने, “राष्ट्रियसभामा प्रभावकारी भूमिका निर्वाह गर्न र सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गरेर परिणाममुखी बनाउन विजयले मद्दत गर्नेछ । हामी सरकारलाई हरहालतमा सफल बनाइछाड्ने छौँ, म आफ्नातर्फबाट सम्पूर्णरूपमा प्रतिबद्धता व्यक्त गर्दछु ।”

आफूहरुको विजयले सांसद्को उपस्थिति र सरकार सञ्चालनमा सङ्ख्यात्मक अन्तर पार्ने नभए पनि पार्टीको नीति र कार्यक्रम तथा घोषणापत्रअनुसार सरकारले सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई गुणात्मक फड्कोमा पु¥याउने विश्वास उनले व्यक्त गरे ।

नेता श्रेष्ठले राष्ट्रियसभामा उम्मेदवार बनाउने र विजयी गराउन योजना बनाउने पार्टी नेतृत्व र पार्टीलाई आभार व्यक्त गर्दै मतदान प्रक्रियामा सहभागी सबैमा धन्यवाद व्यक्त गरे ।

अर्का नवनिर्वाचित सांसद भगवती न्यौपानेले परिवर्तन पक्षधर जनता विजयी हुँदै आएको वर्तमान युगमा पार्टी र जनताको अपेक्षालाई पूरा गर्न आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै मतदान गर्ने सम्पूर्णमा आभार व्यक्त गरे।

पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डेले राष्ट्रियसभाको मत परिणामले पार्टी थप बलियो हुँदै गएकाले शक्तिशाली पार्टीले अब जनअपेक्षा पूरा गर्ने गरी काम गर्ने बताए। प्रदेश कमिटीको सचिव गोविन्द नेपालीले निर्वाचन प्रक्रियामा सहभागी ११ वटै जिल्ला कमिटी तथा जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गरेका थिए ।

निर्वाचन कार्यालयले मतपरिणाम सार्वजनिक गरेलगत्तै नेकपाका नेता कार्यकर्ताले राष्ट्र बैंक चोक हुँदै शहीद चोकसम्म विजयी ¥याली निकालेका थिए । नवनिर्वाचित सांसदद्वयले शहीद चोकमा रहेको शहीदस्तम्भमा पुष्प गुच्छा चढाएर शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *