संसदमा प्रतिपक्षको रुपमा कांग्रेस झन कमजोर

डिसी नेपाल
१० माघ २०७६ ७:३९

काठमाडौं। संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षलाई ‘वेटिङ’ सरकार भनिन्छ। वर्तमान प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप लागिरहेका बेला बिहीबार भएको राष्ट्रियसभा निर्वाचनको परिणामले अब राष्ट्रियसभा पनि कमजोर प्रतिपक्ष हुने देखिको छ।

राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले एक सिटमा पनि जित हासिल गर्न सकेन। १८ सदस्यका लागि भएको मतदानमा नेकपाले १६ सिट जितेको छ। दुई सिट नेकपासँग गठबन्धन गरेको राजपाको भागमा परेको छ। विपक्षी कांग्रेसले सातै सिट गुमाएको छ।

१८ सदस्यका लागि भएको चुनावमा १८ वटै सिटमा यो गठबन्धनले जित हात पारेको हो। यो चुनाव परिणामसँगै दयनीय अवस्थामा रहेको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस झन दयनीय अवस्थामा पुगेको छ। यो चुनावबाट काँग्रेसले आफ्नो ७ सिट गुमाएको छ।

प्रत्येक दुई वर्षमा एकतिहाइ सांसदको कार्यकाल समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार १८ पदका लागि बिहीबार निर्वाचन भएको हो। एक सिटमा भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट पछि मनोनित हुनेछ। कांग्रेसका सातसहित १९ जना सांसदको कार्यकाल फागुन २० मा सकिँदै छ। नवनिर्वाचित राष्ट्रियसभा सदस्यको कार्यकाल फागुन २० पछि मात्र सुरु हुनेछ।

कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप लागिरहेका बेला बिहीबार भएको राष्ट्रियसभा निर्वाचनको परिणामले अब राष्ट्रियसभा पनि कमजोर प्रतिपक्ष हुने देखिको छ।

आफ्नो १३ सदस्य रहेको प्रमुख विपक्षी कांग्रेस ६ सिटमा खुम्चिने भएको छ। राजपाका दुई र फोरमका एक जना सांसद रहनेछन्। प्रतिनिधिसभामा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको आरोप लागिरहेका बेला संसदको माथिल्लो सदन राष्ट्रियसभामा विपक्षी कांग्रेस नाम मात्रको प्रतिपक्ष बन्ने देखिन्छ।

प्रदेश सभा सदस्य र स्थायीय तहका प्रमुख उपप्रमुखले मतदान गर्ने यो चुनावमा काँग्रेसले नराम्रो पराजय भोगेको हो। यद्यपी चुनाव अगाडि नै काँग्रेसको हार निश्चित जस्तै थियो। प्रदेश नम्बर २ मा काँग्रेसले समाजवादी पार्टीसँग गठबन्धन गरे पनि जित निकाल्न भने सकेन। त्यहाँ नेकपा र राजापाको गठबन्धनले जित हात पारेको हो।

नेकपाका आठ, कांग्रेसका सात, राजपाका दुई, समाजवादीका एक र एक जना राष्ट्रपतिबाट मनोनित (अर्थमन्त्री डा. युवराज खतिवडा)को कार्यकाल फागुन २० मा सकिन लागेको हो। राष्ट्रियसभा सांसदको म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

नेकपाले आठ सिट सुरक्षित राख्दै थप आठ सिटमा कब्जा जमाएको छ। नेकपासँग तालमेल गरेर राजपाले दुई सिट सुरक्षित गरेको छ। कांग्रेससँग गठबन्धन गरेको समाजवादीले एक सिट गुमाएको छ।

राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे, प्रमुख सचेतक सरिता प्रसाईं, बिन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडा बिदा हुँदै छन्।

नेकपाबाट बलराम बास्कोटा, हरिचरण शिवाकोटी, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपाली छन्।

राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको दुई वर्षको कार्यकाल सकिँदै छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित अर्थमन्त्री डा. युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदै छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *