भालेजुधाइ हेर्न गएका दर्शकलाई भालेले झम्टेर मारिदियो

डिसी नेपाल
१० माघ २०७६ ९:४१

काठमाडौं। भालेको आक्रमणमा परेर ५५ वर्षका एक व्यक्तिले ज्यान गुमाएका छन् । भारतमा गैरकानुनी रुपमा भइरहेको भाले जुधाइ कार्यक्रममा खुट्टामा ब्लेड बाँधिएको एक भालेले आक्रमण गर्दा ५५ वर्षका सरिपल्ली भेंकटेश्वर रावको मृत्यु भएको मिररको समाचारमा उल्लेख छ । भाले जुधाउने मैदानमा उतार्नको लागि ल्याइएको भाले पिंजडाबाट अचानक उम्किएर भेंकटेश्व्रमाथि आक्रमण गरेको थियो ।

भारतको आन्ध्र प्रदेशको प्रागादावरममा पिंजडाबाट अचानक उम्किएको भालेले रावलाई पेटमा लगातार लात्तीले हानेको थियो । खुट्टामा ब्लेड बाधिएकोले यसरी आक्रमण भएपछि राव रक्ताम्य भएका थिए । उनी भाले जुधाइ हेर्न गएका थिए । यसरी भाले जुधाउनु भारतमा गैरकानुनी हो तर यसका बावजुद यो प्रतिस्पर्धा निकै लोकप्रिय छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *