दिनभर मजदूरी गरेर छाक टार्थे नरहरी, ३० रुपियाँको कागजको टुक्राले करोडपति बनाइदियो
काठमाडौं। दैनिक ज्यालादारीमा मजदूरी गर्ने एक मजदूरलाई ख्यालख्यालैमा किनेको ३० रुपैयाँको कागजको टुक्राले करोडपछि बनाइदिएको छ । घटना भारतको पश्चिम बंगालको सिलगुढीको हो । आज तकको समाचार अनुसार सुरुमा त ती मजदूरलाई आफू एकाएक करोडपछि बनेको कुरा विश्वासै लागेको थिएन ।
सिलगुढीको माटीगाडा बलासन कोलोनीमा बस्ने नरहरी राय दैनिक ज्यालादारीमा काम गर्ने मजदूर हुन् । उनले बिहीबार ख्यालख्यालैमा एउटा लट्रीको टिकट किनेका थिए । त्यो टिकटमा १ करोड रुपैयाँको प्रथम पुरस्कार पर्यो । नरहरीका अनुसार बिहीबार काम गर्दै गर्दा बीचमा उनी चिया पिउन बलासन बजार गएका थिए । त्यहाँ उनले ३० रुपैयाँको लट्री टिकट किनेका थिए ।
त्यो टिकटमा १ करोडको पुरस्कार पर्दा सुरुमा त नरहरीलाई विश्वासै लागेन । जब उनलाई पुरस्कार परेको पुष्टि भयो त्यसपछि उनी परिवारलाई लिएर माटीगाडा थाना पुगे र लट्रीको फोटोकपी थानामा दिए । नरहरीका अनुसार यो लट्रीले उनको अभावलाई हटाएको छ । उनको परिवार अब खुसीसाथ रहनेछ । यो पैसाले आफ्नो क्षत्रको विकासमा पनि सहयोग गर्ने उनले बताएका छन् ।
Facebook Comment