मुकेश अम्बानीको घर एन्टिलियामा गोली चल्यो, सुरक्षाकर्मीको आफ्नै राइफलको गोलीले मृत्यु

डिसी नेपाल
१० माघ २०७६ ११:१६

मुम्बइ। रिलायन्स इण्डष्ट्रिज लिमिटेडका मालिक मुकेश अम्बानीको घर एन्टिलियामा तैनाथ केन्द्रीय रिजर्भ पुलिस बलका जवानको आफ्नै अटोमेटिक राइफलबाट अचानक गोली चल्दा मृत्यु भएको छ । आज तकको समाचार अनुसार यो घटना बुधबार बेलुकाको हो । जवान गुजरातका रामभाइ बकोत्रा भएको बताइएको छ । ३० वर्षीय जवान मुम्बइको पोद्दार रोडमा इन्टिलयाको गेटमा तैनाथ थिए ।

घटनापछि मुम्बइको गामदेवी पुलिस स्टेशनमा एक आकस्मिक मृत्युको केस दर्ता गरिएको छ । यो घटनाको जाँच गरिरहेका पुलिस अधिकारीहरुले बिहीबार बेलुकी बताएअनुसार सुरुमा उनीहरुलाई जवानले आत्महत्या गरेको जस्तो लागेको थियो । तर सिसिटिभी फुटेज हेर्दा यो दुर्घटना भएको पाइएको छ । बकोत्राले आफ्नो राइफल निकाल्ने क्रममा सन्तुलन बिग्रिएर लडेको र झुक्किएर ट्रेगर दबिएको बताइएको छ । यसरी २ फटक फायरिङ भएको र गोली बकोत्राको पेटमा लागेको थियो ।

घाइते बकोत्रालाई एन्टिलियामा तैनाथ अन्य अधिकारीहरुले हरकिशनदास अस्पतालमा भर्ना गराएका थिए जहाँ बिहीबार दिउँसो उनको मृत्यु भएको हो । शवलाई जेजे अस्पतालमा पोस्टमार्टमको लागि पठाइएको छ । बिहीबार बेलुका पोस्टमार्टमपछि शव परिवारलाई दिइएको छ । पोस्टमार्टम गर्ने डाक्टरका अनुसार एउटा गोली उनको पेटबाट छिरेर पछाडिबाट निस्किएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *