अस्ट्रेलियन ओपनः सेरेना विलियम्स पराजित

डिसी नेपाल
१० माघ २०७६ ११:३८

मेलबोर्न । अस्ट्रेलियन ओपन टेनिसको तेस्रो राउन्डमै सेरेना विलियम्स नाटकीय रुपमा पराजित भएकी छिन्।

शुक्रबार सम्पन्न खेलमा सेरेना विलियम्स चीनकी वाङ कियाङसँग २–१ को सेटमा पराजित भएकी हुन्।

अठ्तीस वर्षीया सेरेना २४औं ग्रान्डस्लाम जित्ने उद्देश्यसहित अस्ट्रेलियन ओपनमा सहभागी भएकी थिइन्।

सेरेना विलियम्सले यस पटक अस्ट्रेलियन ओपनको आठौं ताज पहिरिने सम्भावना रहेको अडकलबाजी गरिएका थिए। यी दुई खेलाडीबीच यसअघि एक पटक मात्र प्रतिस्पर्धा भएको थियो।

निकै प्रतिस्पर्धात्मक खेलमा वाङले सेरेनालाई ६–४, ६–७ ९२/७०, ७–५ सेटमा पराजित गरिन् । सेरेनाले यसअघि सन् २०१७ मा अस्ट्रेलियन ओपन खेलेकी थिइन्।

सन् २०१८ मा बच्चा जन्मिएका कारण उनी खेलमा सहभागी भएकी थिइनन्।

विश्व वरियतामा २७औं क्रममा रहेकी वाङले सेरेनालाई पराजित गरेपछि “मेरो टोलीका सदस्यहरुले मैले जित्न सक्छु भनेर निरन्तर हौसला दिएको” प्रतिक्रिया दिइन्।

गत वर्ष अमेरिकी ओपनको क्वार्टर फाइनलमा वाङ सेरेना विलियम्ससँग ६–१, ६–० को सोझो सेटमा पराजित भएकी थिइन्।

चीनको तियानजिनकी २८ वर्षीया वाङले यसपटक अस्ट्रेलियन ओपन जित्ने अडकलबाजी गर्न थालिएको छ। गत वर्ष पनि उनी तेस्रो राउन्डबाट बिदा भएकी थिइन्।

महिलातर्फको अर्को प्रतिस्पर्धामा पूर्व विश्व नम्बर १ क्यारोलिन ओज्नीयाकी तल्लो क्रमकी ट्युनिसियाली खेलाडी ओन्स जाबेरसँग ७–५, ३–६, ७–५ ले पराजित भएकी छिन्।

यो पराजयसँगै क्यारोलिनले पनि अन्तर्राष्ट्रिय टेनिस खेलबाट सन्न्यास लिएकी छिन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *