श्रीमतीको कपाल कोरिदिएको भिडियोलाई ‘अनैतिक भिडियो’ भन्दै पुलिसले दुवैलाई पक्रियो
काठमाडौं। सामाजिक संजालमा सार्वजनिक भएको एक जोडीको भिडियोलाई अनैतिक भिडियो भन्दै पुलिसले दुवैलाई पक्राउ गरेको छ । भिडियोमा श्रीमानले श्रीमतीको कपाल कोरिदिएका छन् । उनीहरुलाई पक्राउ गरेर पुलिसले अनुसन्धान गरिरहेको बताइएको छ । अनैतिक भिडियोको आरोपलाई दम्पतीलाई पक्राउ गरेको यो घटना कुवेतको हो ।
डेलिमेलको रिपोर्ट अनुसार यी श्रीमान देशका अल्पसंख्यक समुदाय बिदुनका अुन् जसलाई देशको नागरिकसमेत मानिँदैन । भिडियो सार्वजनिक भएपछि पुलिसले यी दम्पतीको घरमै गएर उनीहरुलाई पक्राउ गरेको हो । रिपोर्टका अनुसार भिडियोमा महिलाले केही अश्लील कमेन्ट गरेको देखिएको दावी गरिएको छ । पुलिसले २१ जनवरीमा दम्पतीलाई गिरफ्तार गरेको हो ।
पुलिसले उनीहरुविरुद्ध देशको कडा शिष्टाचार कानुनको उल्लंघन गरेको आरोपमा अनुसन्धान अगाडि बढाएको छ । कुवेतको एक अखबार अल कबासका अनुसार यो भिडियोमा केही युजरले आपत्तिजनक कमेन्ट गरेका थिए । कुवेदमा विदुन समुदायका करिब १ लाख नागरिक बसोवास गर्छन् जसलाई सरकारले नागरिकता दिन चाहिरहेको छैन । कुवेत सरकार विदुन समूदायलाई अवैध निवासी मान्छ र उनीहरुलाई स्वास्थ्य, शिक्षाजस्ता आधारभूत सुविधा पनि दिइँदैन ।
Facebook Comment