रमिताको वियोगमा विक्षिप्त प्रकाशको भावुक स्टाटस–‘रातो सारी ल्याइदिएको छु बुढी…’
काठमाडौं। आफ्नै विवाहको निम्तो बाँड्ने क्रममा दुर्घटनामा ज्यान गुमाएकी रमिता भट्टको वियोगमा उनका पति प्रकाश टेर विक्षिप्त बनेका छन् । १ वर्षअघि भागी विवाह गरेका कञ्चनपुरका उनीहरुको यही माघ १३ गते परम्परागत विवाहको साइत जुरेको थियो । यसैको लागि निम्तो बाँड्न हिँडेकी रमिताले ट्रिपरको ठक्करले ज्यान गुमाएकी थिइन् । विवाहको ४ दिनअघि दुर्घटनामा पत्नीको ज्यान गएपछि विक्षिप्त बनेका प्रकाशले फेसबुकमा निकै भावुक स्टाटस लेखेका छन् ।
प्रकाशले लेखेका छन् – ‘तेरो लागि रातो साडी ल्याइदिएको छु नि बुढी । पर्सी हाम्रो बिहे हो, कहाँ गाछस् छिटो आइज न । मेरो एक चिम्टी सिन्दुरको लागि तैँले आफ्नो फ्यामिली, लाइफ सब छाडेर मेरो साथ दिइस्, तर मलाई बीचमै छोडेर किन गइस् भन् त । एक्लै यत्रो लामो बाटो कसरी हिँडु म हम् ? कति सपनाहरू थिए, तैँले किन धोका दिइस् । मैले भनेको होइन तलाईं केही हुनुभन्दा पहिला म नै नरहुँ भनेर ? तँ अगाडि किन गइस् मलाई छाडेर ? म एक्लै के गरौँ, कहाँ जाऊँ भन् त ? आइज न बिहे गरौँला नि । यो बिहेको साडीमा मेरो सिन्दुर तेरो सिउँदोमा हेर्ने सपना छ मेरो । म नि छिट्टै आउँछु तँसँगै बूढी, नभुलेस् है मेरो वेट गरेस् । चखेवाको जोडी जस्तै थियो नि हाम्रो माया अब एक गएपछि अर्को आफैँ आउँछु ।’
Facebook Comment