आरबीबी एनभीए महिला भलिबलको उपाधि एपीएफलाई

काठमाडौं । सशत्र प्रहरीको एपीएफ क्लबले पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिलातथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो ।
लगातार दोस्रो वर्ष च्याम्पियन बन्ने क्रममा एपीएफले न्यू डायमण्डमाथि २५–२३, २५–२१, २३–२५ र २५–१८ को सेटमा जित निकाल्यो । बलियो टिम एपीएफले सुरुवाती दुई सेटमा लगातार जित निकालेपनि तेस्रो सेट भने गुमाएको थियो ।
उपाधिसँगै एपीएफले एपीएफले २ लाख प्राप्त गरेको छ । उपविजेता बनेको न्यू डायमण्डले १ लाख प्राप्त गर्यो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो भयो । आर्मीले तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गरेको थियो।
तेस्रो भएसँगै आर्मीले ५० हजार प्राप्त गरेको छ। नेपाल भलिबल संघले आयोजना गरेको प्रतियोगिताको महिलातर्फ ७ टिमको सहभागिता रहेको थियो ।
Facebook Comment