पुरुष भलिबलको उपाधि हेल्प नेपाललाई

काठमाडौं । हेल्प नेपाल स्पोर्ट्स क्लबले पाँचौ संकरणको आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा शुक्रबार भएको फाइनलमा एपीएफ क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल च्याम्पियन बनेको हो । तीन भारतीय खेलाडीसहित कोर्ट उत्रिएको हेल्प नेपालले एपीएफमाथि २५–१७,२५–१४ र २५–२१ को सेटमा जित निकाल्यो ।
उपाधिसँगै हेल्प नेपालले २ लाख प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले १ लाख प्राप्त गर्यो । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब तेस्रो भयो । आर्मीले तेस्रो स्थानको लागि भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गरेको थियो ।
आर्मीले पुलिसमाथि २५–१८, २५–१८ र २५–२० को सेटमा जित निकालेको थियो । तेस्रो भएसँगै आर्मीले ५० हजार प्राप्त गरेको छ । महिलातर्फको उपाधि भने एपीएफले जितेको छ ।
Facebook Comment