मलिकको अर्धसकतसँगै पहिलो टी–२० मा पाकिस्तानद्वारा बंगलादेश पराजित,

एजेन्सी । पाकिस्तानको भ्रमणमा रहेको बंगलादेश पहिलो टी–२० मा पराजित भएको छ। गद्दाफि स्टेडियम लाहोरमा भएको खेलमा पाकिस्तान ५ विकेटले विजयी भएको हो।
१४२ रनको लक्ष्य पाकिस्तानले ३ बल बाँकी हुँदै ५ विकेट गुमाएर पुरा गर्यो। पाकिस्तानका शोएब मलिकले अर्धसतकिय पारी खेले। उनले ४५ बलमा ५ चौका सहित ५४ रन बनाएर नटआउट रहे। यस्तै अशन अलीले ३६ रन बनाए भने मोहम्मद हफिजले १७ तथा ईफ्तिखर अहमदले १६ रन बनाए। बंगलादेशका शेफिउल इस्लामले २ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाएर १४१ रन बनाएको थियो। बंगलादेशका मोहम्मद नईमले ४३ तथा तमिम ईकबालले ३९ रन बनाए।
प्रतिक्रिया
Facebook Comment