मेलबर्न स्टार्सले पहिले बलिङ गर्ने, सन्दिप लामिछानेलाई टि–२० मा इतिहास रच्ने अवसर

डिसी नेपाल
११ माघ २०७६ १३:५६

काठमाडौं। बिग बाश लिगमा आफ्नो समूह चरणको अन्तिम खेलमा आज मेलबर्न स्टार्सले ब्रिस्बेन हीटसँग खेल्दैछ । ब्रिस्बेनले टस जितेर पहिले ब्याटिङ रोजेको छ । आज १ बजेर ५५ मिनेटमा सुरु हुने खेलमा मेलबर्न स्टार्समा आबद्ध सन्दिप लामिछानेलाई टि–२० मा इतिहास रच्ने अवसर छ ।

सन्दिपले आज टि–२० मा सय विकेटको कोसेढुंगा पार गर्न सक्छन् । सन्दिपले टि–२० मा ९८ विकेट लिइसकेका छन् । आजको खेलमा २ विकेट लिन सकेमा उनी सय टि–२० विकेट लिने एकमात्र नेपाली खेलाडी बन्नेछन् । यससँगै सन्दिप सय टि–२० विकेट लिने तेस्रो कान्छो खेलाडी पनि बन्नेछन् ।

सबैभन्दा कम उमेरमा सय विकेट लिने खेलाडीको सूचीमा पहिलो नम्बरमा अफगानिस्तानका मुजिब उर रहमान छन् । उनले १८ वर्ष २७१ दिनमा यो सफलता हात पारेका थिए । दोस्रोमा अफगानिस्तानकै राशिद खान छन् । उनले १८ वर्ष ३६० दिनमा सय विकेट लिएका थिए । आज सन्दिपको उमेर १९ वर्ष १७६ दिन भएको छ । रोचक त के भने मुजीब उर रहमान आज सन्दिपको टिमविरुद्ध ब्रिस्बेन हीटबाट खेल्दैछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *