अस्ट्रेलियन ओपनः राफेल नाडाल चौथो चरणमा

डिसी नेपाल
११ माघ २०७६ १४:०४

काठमाडौं। शीर्ष वरीयताका राफेल नाडल अष्ट्रेलियन ओपन टेनिसको चौथो चरणमा पुगेका छन् । मेलबर्न पार्कमा भएको खेलमा आफ्नै देशका पाब्लो कारेनो बुस्टालाई ३–० को सोझो सेटमा हराउँदै चौथो चरणको यात्रा सुरक्षित गरे । १९ पटकका ग्राण्डस्लाम च्याम्पियन नाडलले ६–१, ६–२ र ६–४ को सेटमा हराए ।

प्रिक्वार्टर फाइनलमा नाडालले अष्ट्रेलियन खेलाडी निक किगियोस वा रसियन खेलाडी कारेन खाचानोभसँग प्रतिष्पर्धा गर्नेछन् । यस्तै पाँचौँ वरीयताका डोमिनिक थिम पनि चौथो चरणमा प्रवेश गरेका छन् । उनले अमेरिकाका टाइलर फ्रिट्जलाई ३–१ को सेटमा हराए । पहिलो दुई सेट ६–२ र ६–४ ले जितेका थिमविरुद्ध तेस्रो सेटमा फ्रिट्ज ६–७ ९५–७० ले विजयी भए ।

चौथो सेटमा ६–४ को जित निकाल्दै थिमले प्रिक्वार्टर फाइनलमा स्थान बनाए । फ्रेन्च खेलाडी गेइल मोन्फिल्स र रसियाका एन्द्रे रुब्लेभ पनि चौथो चरणमा स्थान बनाउन सफल भएका छन् । १० औँ वरियताका मोन्फिल्सले लाट्भियाका अर्नेस्ट गुल्बिसलाई ७–६, ६–४ र ६–३ ले हराए । त्यस्तै रुब्लेभले बेल्जियमका डेविड गोफिनलाई ३–१ ले हराए । पहिलो सेट २–६ ले गुमाएका रुब्लेभले पछिल्लो तीन सेटमा ७–६, ६–४ र ७–६ को जित निकालेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *