ए डिभिजन लिगः एनआरटी र आर्मीको निराशाजनक बराबरी

डिसी नेपाल
११ माघ २०७६ १६:५५

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा शीर्ष स्थानको त्रिभुवन आर्मी क्लब बराबरीमा रोकिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मी १० खेलाडीमा सिमित न्युरोड टिम एनआरटी क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो ।

खेलको इन्जुरी समयमा जुनियर निकेनगुएले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा एनआरटी १० खेलाडीमा समेटिएको थियो । खेलमा एनआरटीका गोलकिपर अजित प्रजापति म्यान अफ दि म्याच चुनिए ।

एनआरटीसँगको बराबरीसँगै आर्मीले शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउने मौका गुमाएको छ । आर्मीले ८ खेलमा १७ अंक जोडेको छ । र, आर्मी दोस्रो स्थानको मछिन्द्र भन्दा १ अंकले अघि रहेको छ । एनआरटीले ८ खेलमा १२ अंक जोडेको छ । एनआरटी पाँचौं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *