प्रेस स्वतन्त्रताको रक्षाका लागि पत्रकार एकजुट हुनुपर्छ : महामन्त्री डा कोइराला

डिसी नेपाल
११ माघ २०७६ २०:४४

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले प्रेस स्वतन्त्रताकोे रक्षाका लागि पत्रकार एकजुट हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन काठमाडौँ शाखाले शनिबार गरेको ‘वृहत् वनभोज’ कार्यक्रममा उनले सरकारले प्रेसमाथि अङ्कुश लगाउने प्रयास गरेको आरोप लगाए ।

“आफ्नो अधिकारका लागि देशभरका पत्रकार एक हुनुहोस्,” उनले भने। नागरिक अधिकारलाई अङ्कुश लगाउने गरी सरकारले विधेयक ल्याउन खोजेको उनको भनाइ छ । काँग्रेस नेता प्रकाशमान सिंहले सरकारले प्रजातान्त्रिक अधिकारलाई साँघुरो बनाउँदै लोकतन्त्रमाथि प्रहार गर्न खोजेको आरोप लगाए । “अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि पत्रकार जगत् लाग्नुपर्छ”, उनको भनाई थियो ।

काँग्रेस केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाल, दीपक गिरी, कल्याणकुमार गुरुङ, भीष्मराज आङदेम्बेलगायतले मुलुकको लोकतन्त्र रक्षाका लागि नेपाल प्रेस युनियनले खेलेको भूमिकाको सराहना गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *