साग पदक विजेता खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौं । काठमाडौँ महानगरपालिका–३२ ले हालै नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद ९साग० मा पदक जित्न सफल आफ्ना वडाका खेलाडी र प्रशिक्षकलाई शनिबार सम्मान गरेको छ । कोटेश्वर तेक्वान्दो डोजाङमा आयोजित कार्यक्रममा सागमा काठमाडौँ ३२ बाट तेक्वान्दो, कराते, लनटेनिस र बास्केटबलमा पदक विजेता नौ खेलाडीलाई सम्मान गरिएको हो ।
उनिहरुले तेक्वान्दोमा तीन स्वर्ण र दुई कास्य, करातेमा एक स्वर्ण, बास्केटबलमा एउटा रजत तथा लनटेनिसमा दुई कास्य जितेका थिए । स्वर्ण विजेता तेक्वान्दोका सक्षम कार्की, काजल श्रेष्ठ र भूपेन श्रेष्ठ तथा करातेका विप्लवलाल श्रेष्ठलाई जनही रु ५० हजारका साथ सम्मान गरिएको छ ।
यस्तै रजत विजेता बास्केटबलका मनिष केसीलाई रु २० हजार तथा कास्य विजेता तेक्वान्दोका ज्ञानेन्द्र हमाल र मनोज मल्ल तथा लनटेनिसका संरक्षक भूषण बज्राचार्य र सम्यक बज्राचार्यलाई जनही रु १० हजारसहित वडा कार्यालयले सम्मान गरेको हो ।
यस्तै तेक्वान्दोका प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई रु ५१ हजार तथा लनटेनिसकी प्रशिक्षक रेणुदेवी कोण्डा बज्राचार्यलाई रु ११ हजारसहित सम्मान गरिएको हो । सो अवसरमा दक्षिण कोरियामा सम्पन्न कोरियन एम्बासडर कप वल्र्ड तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक प्राप्त गरेका रञ्जीत साउदलाई रु २० हजार नगदसहित सम्मान गरिएको थियो । विजेता खेलाडी तथा प्रशिक्षकलाई वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, वडा नं ३२ का अध्यक्ष नवराज पराजुली लगायतले सम्मान गरेका हुन्
Facebook Comment