आसाममा चार वटा शक्तिशाली ग्रिनेड बिस्फोट

डिसी नेपाल
१२ माघ २०७६ १२:५४

गुवाहाटी । भारतमा गणतन्त्र दिवसकै दिन आइतबार बिहान पूर्वोत्तर भारतीय राज्य आसाममा चार वटा शक्तिशाली ग्रिनेड बिस्फोटन भएका छन्यी।

बिस्फोटहरु राज्यका डिब्रुगढ र चराइदेओ जिल्लामा भएको अधिकारीहरुले बताएका छन्।

डिब्रुगढ प्रहरीका अनुसार डिब्रुगढको ग्राहाम बजार र एटी रोड नजिकको गुरुद्वारा नजिक बिस्फोट भएका हुन्।

अर्को बिस्फोट डुलियाजानमा भएको थियो।

चराइदेओ जिल्लाको टिओक घाट नजिकै बिस्फोट भएको प्रहरीले जनाएको छ।

राज्यका वरिष्ट प्रहरी अधिकारीहरु घटनास्थलमा पुगेका र अनुसन्धान शुरु भएको छ।

उक्त बिस्फोटबाट मानवीय वा अन्य क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *