बिल्बाओका फरवार्ड विलियम्सलाई रंगभेदी दुर्व्यवहार

एजेन्सी । स्पेनिस क्लब एथ्लेटिक बिल्बाओका फरवार्ड इनाकी विलियम्सलाई रंगभेदीय दुर्व्यवहार भएको छ । ला लिगा अन्तर्गत शनिबार स्पानियोलसँगको खेल दौरान विलियम्सलाई रंगभेदीय दुर्व्यवहार भएको हो ।
स्पानियोलसँग १–१ को बराबरी भएको खेलमा स्पेनिस फरवार्डमाथि घरेलु टोलीका समर्थकहरुले दुर्व्यवहार गरेका थिए । खेलपछि विलियम्सले आफुलाई दुर्व्यवहार भएको बताएका छन् । २५ वर्षे विलियम्सले गत वर्ष बिल्बाओसँग ९ वर्षे सम्झौता गरेका थिए ।
प्रतिक्रिया
Facebook Comment