जर्मन बुन्डेस लिगाः वायर्नको पाँच गोल

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा वायर्न म्युनिखले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा वायर्नले शाल्केलाई ५–० गोल अन्तरले पराजित गरेको हो ।
साविक विजेता समेत रहेको वायर्नको लागि रोबर्टो लेवान्डोस्की, थोमस मुलर, लिओन गोर्टेज्का, थियागो र गेन्ब्री सेर्गीले एक एक गोल गरे । घरेलु मैदानमा खेलको छैटौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै वायर्नलाई अग्रता दिलाए । ४५ औं मिनेटमा मुलरले गोल गर्दा वायर्नको अग्रता दोब्बर बन्यो ।
५० औं मिनेटमा गोर्टेज्काले गोल गर्दै वायर्नको अग्रता ३–० को बनाए । ५८ औं मिनेटमा थियागोले वायर्नको अग्रता ५(० को बनाए । त्यसपछि खेलको ८९ औं मिनेटमा सेर्गीले गोल गर्दा वायर्न ५–० ले विजयी भयो ।
जितसँगै वायर्न लिगको दोस्रो स्थानमा उक्लिएको छ । वायर्नले १२ खेलमा ३९ अंक जोडेको छ । वायर्न शीर्ष स्थानको आरबी लिपजिगभन्दा मात्र १ अंकले पछि रहेको छ । पराजित शाल्के ३३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
Facebook Comment