सावित्राको निर्णायक गोलमा गोकुलमको जित

डिसी नेपाल
१२ माघ २०७६ १७:३९

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका फरवार्ड सावित्रा भण्डारी रहेको गोकुलम केरेलाले भारतमा जारी हिरो महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।

बैंगलोरमा आइतबार भएको खेलमा गोकुलमले श्रीभुमीलाई १–० गोल अन्तरले पराजित गरेको हो । गोकुलमको जितमा सावित्राले निर्णायक गोल गरिन् । उनले खेलको ६७ औं मिनेटमा गोल गरेकी थिइन् । गत सिजन सेथुबाट खेलेकी सावित्राले यस सिजन भने गोकुलमबाट खेलिरहेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *