ला लिगाः रियललाई शीर्ष स्थानमा उक्लने मौका

एजेन्सी । स्पेनिस ला लिगामा आईतबार राति रियल मड्रिडले रियल भालाडोलीडको सामना गर्दैछ । अंक तालिकाको दोस्रो स्थानमा रहेको रियलको मुख्य लक्ष्य शिर्ष स्थानमा उक्लनु रहेको छ ।
शनिबार भएको खेलमा आफ्ना कट्टर प्रतिद्धन्द्धि क्लब बार्सिलोना भ्यालेन्सियासँग पराजित भएपछि रियलका लागि शिर्ष स्थानमा जाने बाटो खुलेको हो ।बार्सिलोना र रियलको समान ४३ अंक रहेको छ भने शिर्ष स्थानमा उक्लनका लागि रियललाई भालाडोलीडसँग जित या बराबरी नतिजाको जरुरत रहेको छ ।
रियल मड्रिड गत २० खेलमध्ये एक खेलमा मात्र पराजित भएको छ । रियलका प्रशिक्षक जिदानले आफुहरुले भालाडोलीडबिरुद्ध सहज जितको अपेक्षा गरेको बताएका छन् ।
रियल मड्रिड र रियल भालाडोलीडचिको खेल राति १ः४५ बजेदेखि भालाडोलीडको मैदानमा हुनेछ ।
प्रतिक्रिया
Facebook Comment