शानदार जितसहित सिटी एफए कपको पाँचौ चरणमा

डिसी नेपाल
१२ माघ २०७६ २१:५५

एजेन्सी । म्यानचेस्टर सिटी एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा १० खेलाडीमा सिमित फुलहमलाई ४–० गोल अन्तरले पराजित गर्दै सिटी पाँचौं चरणमा पुगेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन ग्राबियल जिससले दुई गोल गरे । यस्तै इल्के गुण्डोगान र बेर्नार्डो सिल्भाले एक एक गोल गरे । खेलको छैटौं मिनेटमा टिम रिआमले रातो कार्ड पाएपछि फुलहम सुरुवातमै १० खेलाडीमा समेटिएको थियो ।

सिटीका जिससलाई डिबक्सभित्र फउल गरेपछि रिआमले रातो कार्ड पाएका थिए । जसमा पाएको पेनाल्टीमा गुण्डोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।१९ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीको अग्रता २–० को बनाए । यस गोलसँगै सिटीले यस सिजन सबै खाले प्रतियोगितामा १०० गोल पुरा गर्यो ।

यस्तै खेलको ७२ औं मिनेटमा जिससले गोल गर्दा सिटीको अग्रता तेब्बर बन्यो । त्यसपछि खेलको ८५ औं मिनेटमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दा सिटी ४–० ले विजयी भयो




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *