इन्टरको बराबरी

काठमाडौं। इटालियन सिरिएमा इन्टरमिलान र कालगरी एक एक गोलको बराबरीमा रोकिएका छन् । आइतबारको खेलमा मिलानले २९ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । उसका लागि लाउतारो मार्टिनेजले गोल गर्दै अग्रता दिलाएका हुन् ।
पहिलो हाफमो एक गोलको अग्रता बनाएको मिलानले दोस्रो हाफको अन्तिम १५ मिनेट भने सम्हालिन सकेन । जसका कारण ७८ औं मिनेटमा राड्जाले गोल गर्दै कालगरीलाई बराबरीमा ल्याएका थिए । इन्ज्योरी समयको अन्तिम मिनेटमा मिलानका गोलकर्ता मार्टिनेज र गोलकिपरले रातो कार्ड पाएका थिए ।
बराबरीसँगै एक एक अंक लिए पछि इन्टरमिलानलाई शीर्ष स्थानमा रहेको युभेन्टससँग अंक दूरी घटाउने अबसर गुमाएको छ । मिलान अहिले ४८ अंकसहित दोस्रो स्थानमा छ भने युभेन्टस ५१ अंकसहित शीर्ष स्थानमा छ । कालगरी ३१ अंकसहित छैटौं स्थानमा छ ।
Facebook Comment