क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटना, बास्केटबलका चर्चित खेलाडी ब्रायन्टसहित ९ जनाको मृत्यु

डिसी नेपाल
१३ माघ २०७६ ७:१०

वासिङ्टन डिसी, अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा हेलिकोप्टर दुर्घटना हुँदा बास्केटबलका दिग्गज खेलाडी कोबी ब्रायन्टको मृत्यु भएको छ।

उक्त दुर्घटनामा परी ४१ बर्षका खेलाडी ब्रायन्ट र उनकी १३ वर्षीया छोरीसहित ९ जनाको ज्यान गएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

दुर्घटनामा परी ब्रायन्टको निधन भएकोप्रति हलिउडका सेलिब्रेटीदेखि अमेरिकी नेताहरुले दु:ख व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टन र पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनले पनि ब्रायन्टको निधनमा दुख व्यक्त गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *