नेइमारको २ गोलमा पिएसजीको जीत, गोलसँगै दिए ब्रायन्टलाई श्रद्धाञ्जली

काठमाडौँ । फ्रेन्च लिग वानमा पिएसजीले लिल्लेमाथि २-० ओल अन्तरको सहज जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले लिल्लेमाथि नेइमारको दुवै गोलमा जित हासिल गरेको हो । नेइमारले खेलको २८औ मिनेट र खेलको ५२औ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै पिएसजीलाई सहज जित दिलाएका थिए ।
नेइमारले गोल सेलिब्रेसनका क्रममा बास्केटबलका लिजेन्ड्री खेलाडी कोबि ब्रायन्टलाई श्रद्धान्जली दिए। दोस्रो हाफ सकिएसँगै नेइमारले एउटा हातको २ औला र अर्को हातको ४ औंला देखाएर ब्रायन्टलाई श्रद्धान्जली दिए। २४ नम्बर ब्रायन्टको जर्सी नम्बर हो।
यो जितपछि पिएसजी २१ खेलमा ५२ अंकसहित लिगको शिर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको मार्सेलीभन्दा १० अंकले अगाडी भएको छ । त्यस्तै लिल्लेको भने २१ खेलमा ३१ अंक रहेको छ भने लिगमा सातौ स्थानमा झरेको छ ।
Facebook Comment