रोनाल्डोले गोल गर्दा पनि नापोलीसँग हार्यो युभेन्टस

काठमाडौँ । इटालियन सिरी ए मा शिर्ष स्थानमा रहेको युभेन्टस नापोलीसँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टस नापोलीसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
नापोलीको जितमा पिओट जिएलिन्सकी र लोरेन्जो इनसाइनले एक एक गोल गरेका थिए । त्यस्तै युभेन्टसका लागि एक गोल ९०औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले फर्काएका थिए ।
योसँगै पछिल्लो पांच खेलमा लगातार जित हासिल गरेको युभेन्टसको जितको सिलसिला रोकिएको छ । युभेन्टसको यस सिजनमा सिरी ए मा यो दोस्रो हार हो ।
हारपछि पनि युभेन्टस सिरी ए मा शिर्ष स्थानमै रहेको छ । २१ खेलमा युभेन्टसको ५१ अंक छ भने दोस्रो स्थानमा रहेको इन्टरमिलान भन्दा ३ अंकले अगाडी रहेको छ । त्यसै नापोलीको भने २१ खेलमा २७ अंक भएको छ र लिगमा १०औ स्थानमा रहेको छ ।
प्रतिक्रिया
Facebook Comment