आधा दर्जन गोल गर्दे म्यानचेस्टर युनाइटेड एफए कपको अन्तिम १६ मा

डिसी नेपाल
१३ माघ २०७६ १०:५०

काठमाडौं। एफएक कपको चौथो चरण अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ट्रानमेरे रोभर्समाथि ६-० को फराकिलो जित निकालेको छ।

प्रेन्टन पार्कमा भएको खेलमा घरेलु टोलीलाई हराउन म्यानचेस्टर युनाइटेडका लागि ह्यारी म्याग्युअर, डिओगो डालोट, जेस लिङ्गार्ड, फिल जोन्स, एन्टोनी मार्टियल र म्यासन ग्रिनउडले समान १/१ गोल गरे।

खेलको १० औं मिनेटमा म्यागुअरले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। त्यसको ६ मिनेट भित्रै युनाइटेडले थप २ गोल गर्‍यो। खेलको १३ औं मिनेटमा डालोट र १६ औं मिनेटमा लिङगार्डले गोल गरे।

खेलको १६ मिनेट भित्रै ३ गोलको अग्रता बनाएको युनाइटेडका लागि ४१ ‍औं मिनेटमा जोन्स र ४५ औं मिनेटमा मार्टियलले गोल गर्दा युनाइटेड पहिलो हाफमै ५-० को फराकिलो अन्तरले अघि रह्यो।

दोस्रो हाफमा पनि युनाइटेडले १ गोल थप्यो। खेलको ५६ औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै ग्रिनउडले गोल गर्दा युनाइटेडले ६-० को फराकिलो जित हात पार्न सफल भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *