टर्की भूकम्पः घटनाको २८ घण्टापछि जब भग्नावशेषभित्रबाट बालिकाको आवाज आयो…

डिसी नेपाल
१३ माघ २०७६ १३:४९

इस्तानबुल। पूर्वी टर्कीमा आएको भूकम्पमा आइतबार २ शव भेटिएपछि मृत्यु हुनेको संख्या ३१ पुगेको छ । शुक्रबार बेलुकी आएको भूकम्पमा करिब १५५६ जना घाइते भएका छन् । उद्धार कार्य अहिले पनि जारी छ । यसअघि शनिबार अबेर राती उद्धार टोलीले एक भवनबाट ३५ वर्षकी आमा र दुई वर्षकी छोरीलाई निकालेको छ । दुवै २८ घण्टाभन्दा धेरै समयदेखि भग्नावशेषभित्र दबिएका थिए ।

उद्धार टिमका अनुसार सम्भावित दबिएका मानिसहरु खोज्ने क्रममा भवनको भग्नावशेष भित्रबाट बालिकाको आवाज आएको थियो । पहिले छोरी त्यसपछि आमालाई बाहिर निकालियो । उद्धारकर्मी भग्नावशेष हटाएर आइस यिल्डिज र उनकी २ वर्षकी छोरी यूसरासम्म पुगेका थिए । सुरक्षित बाहिर निकालेपछि दुवैलाईअस्पताल पठाइएको छ । प्रशानले पीडितहरुलाई ९ हजार ५ सय अस्थायी पाल र १७ हजार जनालाई खानाको व्यवस्था गरेको छ ।

टर्कीका गृहमन्त्री सुलेमान सोयलुले मृतकको संख्या बढ्ने आशंका जनाएका छन् । अत्याधिक चिसोले राहतको काममा बाधा पुर्याइरहेको छ । आइतबार तापक्रम माइनस ५ डिग्री रेकर्ड गरियो । भूकम्पको केन्द्र पूर्वी टर्कीको एलाजिक प्रान्तमा थियो । भूकम्पको तीब्रता ६.८ रेकर्ड गरिएको थियो । यसको प्रभाव क्षेत्र १० किलोमिटरको दायरामा थियो । रिपोर्टका अनुसार ४०–४० सेकेण्डको फरकमा ६० झट्का महसुस गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *