काँग्रेस मुख्यालयमा नेविसंघका नेताहरुबीच कुटाकुट

डिसी नेपाल
१३ माघ २०७६ १६:१९

काठमाडौं। नेपाली काँग्रेसको केन्द्रीय कार्य समिति बैठक चलिरहँदा केन्द्रीय कार्यालय सानोपामा नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेताहरुबीच झडप भएको छ।

पार्टी सभापति शेरबहादुर देउवा निकट समूह र नेता कृष्ण सिटौला निकट समूहबीच कुटाकुट भएको हो। केही दिनअघि पार्टीका शीर्ष नेताहरुबीच नेविसंघको तदर्थ समिति गठन गर्ने विषयमा सहमति भएको थियो। तदर्थ समिति गठन गर्दा विधानमा व्यवस्था भएको उमेर हदलाई कायम गरिनुपर्ने भन्दै निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले निकटको समूहले पार्टी मुख्यालयमा विगत एक महिनादेखि रिले अनशन गरिरहेको छ।

तर, शीर्ष नेताहरुबीच उमेर हद नमानेर राजीव ढुंगानाको अध्यक्षतामा नेविसंघ तदर्थ समिति गठन गर्ने सहमति भएको छ।

सोमबार अध्यक्षको टुंगो लाग्ने भएपछि पार्टी मुख्यालयमा विद्यार्थी नेताहरुको भीडा लागेको थियो। अनशनरत समूहले पार्टी सभापति देउवा कार्यालयमा पुग्दा विधानअनुसार उमेर हद लगाउनुपर्ने भन्दै नारावाजी गरेपछि झडपको स्थिति बनेको एक नेताले जानकारी दिए। उनका अनुसार विद्यार्थी नेता कमल पन्त र लक्ष्मी बोगटी घाइते भएका छन्। उनीहरुको नेपास्थित स्टार हस्पिटलमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *