जातीय मुक्तिका लागि संविधान संशोधन गरेर भए पनि अगाडी बढिन्छ : अध्यक्ष दाहाल

डिसी नेपाल
१३ माघ २०७६ १७:१९

काठमाडौं । नेपाल कम्युनष्टि पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले जातीय मुक्तिका लागि संविधान संशोधन गरेर भएपनि अगाडी बढ्ने बताएका छन् । पार्टीको भातृ संगठन आदिवासी जनजाती महासंघको सपथग्रहण कार्यक्रममा दाहालले जातिय मुक्ति, समानता र समानुपातिकताका हासिल गर्न संविधान संशोधन गरेर भएपनि अगाडी बढ्ने बताएका हुन् ।

उत्पीडित वर्ग, जाति तथा समुदायहरु अझै पनि पूर्ण रुपले मुक्त हुन नसकेको उल्लेख गर्दै दाहालले शान्तिपूर्ण रुपमा एकतावद्ध भएर संविधान संशोधनको माध्यमबाट यसलाई परिमार्जन गरिने बताए । विकास र समृद्धिको यात्रालाई सामाजिक व्यवस्थासहित समाजवादतिर अगाडी बढाउँदै गएमात्रै सोचेजस्तो समानता प्राप्त हुने उनको धारणा थियो ।

दाहालले साम्राज्यवाद र सामन्तवादका विरुद्धको लडाई जितेको भएपनि अझै समानताको पुरै लडाई जित्न बाँकी रहेको र यसका लागि मिहेनत गरी एकतावद्ध भएर अगाडी बढ्नुपर्ने बताए । नेकपा सबै खालका विभेलको अन्त्य गरी सबैको हक अधिकारका सुनिश्चित गर्न सदैव तयार रहेको उनको भनाई छ ।

पूँजीपतिहरु र साम्राज्यवादीहरुले साम्रदायिक विद्वेश फैलाउने र जातिजातिबीच लडाई गराउने नीति र कम्युनिष्टहरुले अघि सारेको जातिय हक अधिकारको कुरा, जातिय मुक्तिको कुरा फरक भएपनि बुर्जुवाहरुले यसलाई गोलमाल गर्ने गरेको उनले बताए ।

अध्यक्ष दाहालले सबैलाई समान अधिकार प्राप्तीको सुनिश्चिता नभएसम्म देशमा भौगोलिक विविधता र विविधतायुक्त एकता कार्यम गर्न नसकिने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *