घरवासलाई उत्पादनसँग जोड्नुपर्छ : उपसभामुख शर्मा

डिसी नेपाल
१३ माघ २०७६ १८:३२

पोखरा । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले घरवासलाई उत्पादनसँग जोड्न सके ग्रामीण क्षेत्रको समृद्धि र विकास सम्भव हुने बताएकी छन् । पोखरा महानगरपालिका–२३ स्थित घाँटीछिना बराङ र पञ्चासे सामुदायिक घरवास (होमस्टे)को उद्घाटन तथा पर्यटन वर्ष २०२० सफल पार्न होमस्टेको भूमिका विषयक अन्तक्र्रियामा उनले उत्पादनसँग घरवास जोड्न सकेमा ग्रामीण जनताको आयआर्जन सँगसँगै बढाउन सकिने बताइन् ।

घरवासको प्रवद्र्धन र विकास प्रदेश सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले यसका लागि पूर्वाधार विकासलगायतका काममा अनुदानसमेत दिइरहेको बताइन् । पर्यटकले स्थानीयबाट राम्रो आतिथ्यता एवं स्वस्थ्य प्राङ्गारिक उत्पादन खान चाहने बताउँदै उनले त्यस कुरालाई लक्षित गरी स्थानीयवासीलाई आवश्यक तालीम दिनुपर्नेमा जोड दिइन् ।

स्थानीय सक्रियतामा अघिल्लो वर्ष वैशाखदेखि उक्त स्थानमा घरवास कार्यक्रम सञ्चालन हुँदै आएको होमस्टेका अध्यक्ष धर्मराज बरालले जानकारी दिए। रमणीय हिमाली दृष्य होमस्टेबाट अवलोकन गर्न सकिने बताउँदै उनले यहाँका प्रकृति र संस्कृतिलाई पर्यटन बजारमा पु¥याउने प्रयास भइरहेको बताए।

यस क्षेत्रका १९ वटा घरमा करीब ८० जना पर्यटक राख्न सक्ने गरी होमस्टे सञ्चालन गरिएको कार्यक्रम संयोजक दानबहादुर विश्वकर्माले जानकारी दिए । समुद्री सतहबाट एक हजार १०० मिटर उचाइमा रहेको सो स्थान पोखराको पर्यटकीय क्षेत्र लेकसाइडबाट लगभग १५ किलोमिटरको दूरीमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *